सुर्खेतसहित देशका विभिन्न जिल्लामा सतर्कता अपनाउन अनुरोध

सुर्खेत।  देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। पछिल्लो ३ घण्टा काठमाडौं, कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही र आसपास धेरै स्थानमा ठूलो वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यी स्थानमा थप वर्षा हुने सम्भावना भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ। तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। बिभिन्न नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको महाशाखाले जनाएको छ।

नदीतटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विषेश सतर्कता अपनाउन भनिएको छ। साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन महाशाखाका अनुरोध छ।

तपाईको प्रतिक्रिया