भायनेट सुर्खेतले पनि मनायो असार १५

सुर्खेत । नीजि इन्टरनेट र टिभि सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेशन प्रा‍.लि सुर्खेतले पनि असार १५ मनाएको छ । बुधबार एक कार्यक्रमकाबीच १९औंधान दिवसको अवसरमा दही चिउरा खाएर मनाएको हो ।

भायनेट कम्युनिकेशन प्रा.लि सुर्खेत शाखामा कार्यरत कर्मचारी र सी.सी.एस.आईको टिमसहितले दही चिउरा खाएर उक्त दिवस मनाएको भायनेट सुर्खेत शाखाका प्रमुख डिकेन्द्र थापाले जानकारी दिए ।

पछिल्लो समय अन्य इन्टरनेट सेवाप्रदायक प्रभावकारी नभएको बेला भायनेटको विस्तारले ग्राहकको विश्वास जित्दै आएको छ ।

सन् २०११ देखि भायनेट कम्युनिकेशनले फाइबर अप्टिकल इन्टरनेट वा एफटिटीएच इन्टरनेट सर्भिस सुरुआत गरेको हो । हाल भायनेटले सुर्खेतसहित २२ जिल्लाका २४ शहरमा सेवा विस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया