मोटरसाईलक दुर्घटनामा दुई जना गम्भीर घाइते

सुर्खेत । जाजरकोटमा भएको मोटरसाईकल दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । भेरी नगरपालिका १२ रावलगाउँ पार्थेखोली भन्ने स्थानमा लु ८१ प २६५१ नम्बरको मोटरसाईकल दुर्घटनाहुँदा दुई जना घाइते भएका हुन् ।

नलगाड नगरपालिका १३ का २६ वर्षीय यज्ञराज बोहोराले चलाएको मोटरसाईकल जगतिपुरतर्फ जादै गर्दा अनियन्त्रित भई सडकमै पल्टिदा कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयकाअनुसार दुर्घटनामा चालकको दाहिने आँखा नजिक र दाहिने हातमा चोट रहेको, अवस्था गम्भीर रहेको छ ।

पछाडी सवार भेरी नगरपालिका ७ का २६ वर्षीय बिवश शाहीको टाउको, हात र मुखमा चोट, अवस्था गम्भिर, हल्का बोल्न सक्ने रहेको प्रहरीको भनाई छ । , दुबै जनालाई थप उपचारको लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

तपाईको प्रतिक्रिया