साली बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिका–६ मा एक नाबालिका आफ्ना भिनाजुबाट बलात्कृत भएकी छन्।

बलात्कार आरोपमा प्रहरीले ती नाबालिकाका भिनाजु मकवानपुर घर भएका साजन प्रजालाई पक्राउ गरेको छ। ती बालिका कीर्तिपुरस्थित पाँगामा भिनाजुसँगै बस्दै आएकी थिइन्।

आरोपीलाई शुक्रबार पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

तपाईको प्रतिक्रिया