वीरेन्द्रनगरमा करेन्ट लागेर घाइते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीमा करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार कालिकोटको पलाता गाउँपालिका–९ घर भएका ३४ वर्षीया हजुरा बम घाइते भएकी हुन् ।

बम वीरेन्द्रनगर–३ तातापानीमा आफ्नै दिदी रजनी आचार्यको घरमा डेरामा बस्दै आएकी प्रहरीको भनाई रहेको छ ।

बमले उक्त घरको छतमा रहेको सरिया निकाल्ने क्रममा बिजुलीको मेन तारमा सरिया छुदा करेन्ट लागेर घाइते भएको र उनको कर्णाली प्रदेश अस्पताल कालागाँउमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया