सुर्खेतमा सुख्खा पहिरोले महिलाको आधा शरीर पुरियो

सुर्खेत । सुर्खेत पश्चिमा पर्ने पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरो जाँदा एक जना महिलाको आधा शरीर पुरिएको छ।

बाटोमा हिँडिरहेका समयमा मंगलबार सुख्खा पहिरोले उक्त महिलाको आधा शरीर पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीकाअनुसार अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी पहिरोमा परेकी हुन् ।

कम्मरमुनिको भाग पुरिएको भनेर हामीलाई टिपाएको छ, प्रहरी उद्दारका लागि घटनास्थल गइसक्यो,’ डिएसपी कार्कीले भने, ‘घटनास्थल प्रहरी पुगेपछि पहिरो खसिरहेकाले उद्दार गर्न नसकेको भन्ने आएको छ।’

यस्तै, सोही ठाउँकी ७२ वर्षीय रती कामी उक्त पहिरोमा परी घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको प्रहरीको भनाई रहेको छ । प्रहरीकाअनुसार उनीहरू अछामबाट कैलाली जान हिँडेका थिए ।

हाल उद्दारका लागि अछामको तुर्माखाद प्रहरी, छाप्रे प्रहरी र बाबियाचौर ईप्रकासँगै स्थानीय बासिन्दाको सहयोगमा उनिहरुको उद्दार कार्यजारी रहेको भएता पनि उद्दार गर्न नसकेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया