अर्थमन्त्रीले राजीनामा दिएसँगै विमला केसीले भनिन्, ‘सतिले सरापेको मेरो देश’

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले ‘सतिले सरापेको मेरो देश’ भन्दै फेसबुकमा स्टाटस लेखेकि छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएसँगै केसीले यस्तो स्टाटस लेखेकि हुन् ।

अध्यक्षले केसीले फेसबुकमा ‘सतिले सरापेको मेरो देश काम गर्ने क्षमता भएकाले काम गर्न पाउदैन’ भन्दै स्टाटस लेखेकि छन् । यस्तै, बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया