भूमिहिनलाई लालपुर्जा दिन बराहतालले थाल्यो काम

सुर्खेत । जिल्लाको बराहताल गाउँपालिकाले पालिका भित्र रहेका भूमिहिनको जग्गा नापजाँचमा लागेको छ । बुधबार पालिका अध्यक्ष भीमबहादुर भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै पालिकावासीलाई लालपुर्जा वितरणका लागि काम थालिएको जानकारी दिए ।

अध्यक्ष भण्डारीकाअनुसार पालिका भित्र धेरै जसो ऐलानी जग्गा र सेतो लालपुर्जा भएका नागरिकलाई रातो लालपुर्जा दिनका लागि जग्गाको नापजाँचमा पालिकाले काम थालेको हो ।

पालिकाले भूमि आयोगसँग सहकार्य गरेर पालिकाबाट तीन जना कर्मचारीसमेत खटाएको छ । यस्तै, बराहताल गाउँपालिका–५ बाट जग्गा नापजाँचको थालिन गरिएको अध्यक्ष भण्डारीले नेपालीरैबारलाई जानकारी दिए । भण्डारीले एक वडामा जग्गा नापजाँच गर्न करिब एक महिनासम्म समय लाग्ने बताए ।

पालिका भित्र अधिकाँश सेतो पुर्जा र ऐलानी जग्गा धेरै भएकाले पहिला विवरण संकलन गर्ने र लालपुर्जा वितरण गर्न केही समय लाग्ने पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया