सामाजिक न्यायका लागि बोलौं विषयमा वक्तृत्वकला प्रतियोगिता

सुर्खेत । ‘सामाजिक न्यायका लागि बोलौं’ विषयमा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता शुरू भएको छ,। जिल्लाको वीरेन्द्रनगरमा शुक्रबार उक्त विषयमा वक्तृत्वकला प्रतियोगिता शुरू भएको हो ।

उक्त वक्तृत्वकला प्रतियोगिताका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न विद्यालयका १६ जना विद्यार्थीहरुले भाग लिएका छन् ।

समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, आवाज संस्था सुर्खेत र अमेरिकन कर्नर सुर्खेतको समन्वय र एनयुएसएएनको आर्थिक सहयोगमा प्रतियोगिता भएको हो ।

हिंसा, दुर्व्यवहार र शोषणबाट महिला र बालिकाको संरक्षणलाई प्रवर्द्धन गर्ने र सरकारको अभिनव रणनीति मार्फत तटस्थ बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

प्रतियोगीतामा पहिलो हुनेले पाँच हजार, दोस्रो हुनेले चार हजार तेस्रो हुने तीन हजार र सान्तवना हुने दुई जनालाई पनि पुरस्कारको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ भने तीन जना निर्णायक रहेका छन् ।

 

तपाईको प्रतिक्रिया