दैलेखमा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि

दैलेख । जिल्लामा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको छ । समग्र जिल्लामा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखको तथ्यांङ्कमा उल्लेख छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले आव २०७८/०७९ को १० महिनाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै जिल्लामा नियमित पूर्ण खोप ८५ प्रतिशतले लगाएको बताए ।

रेग्मीकाअनुसार ५४ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य सेवा कार्यालयबाट सेवा लिने गरेको र १८ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य स्वयमसेवीकाबाट सेवा लिने गरेको जानकारी दिए । जिल्लाभर २.५ केजि भन्दा कम तौल भएका बच्चाहरुको संख्या ४.८ प्रतिशत, ६ महिना सम्म आमाको दुध खाने बच्चाहरुको संख्या ७५.७ प्रतिशत, एक वर्षसम्म पनि तौल नबढ्ने बच्चाहरु ४.१ प्रतिशत रहेको छ ।

यस्र्तै, नयाँ खोजि गरिएका कुपोषितको संख्या तीन सय ६६ जना, सुरक्षित मातृत्व कार्यक्रम ३ वर्षको तुलनात्मक कभरेज अनुसार डेलिभरी गराउनेको संख्या ७०.५ प्रतिशत, तोकिएको मितिमा चार पटक जचाउने आमाहरुको संख्या ४५.१ प्रतिशत, सुत्केरी पश्चात २४ घण्टा ७२ घण्टा र ७ दिन जाच गर्ने आमाहरुको संख्या ५१.६ प्रतिशत रहेको छ । जिल्लाभर एचआईभि पोजेटिभ भई औषधी खानेको संख्या २ सय २ जना रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाभर कोभिड–१९ को चेक जाँच भएको संख्या २३ हजार ७ सय ६६ जना मध्ये ४ हजार ८१ जनामा पोजेटिभ देखिएको छ भने २९ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

तपाईको प्रतिक्रिया