‘सामाजिक न्यायका लागि बोलौं’ विषयक वक्तृत्वकलामा सापकोटा प्रथम

सुर्खेत । ‘सामाजिक न्यायका लागि बोलौं’ विषयमा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा धीरेन्द्र सापकोटा प्रथम भएका छन् । शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको वक्तृत्वकला प्रतियोगितामा सापकोटा प्रथम भएका हुन् ।

यस्तै, द्वितिय नमुना परियार, तृतीय मनप्रसाद रोकाय र सान्तवना शंकर आचार्य र हिक्मत बुढाक्षेत्री भएका छन् । प्रथम हुनेले पाँच हजार, द्वितिय हुनेले चार हजार तृतीय हुनेले तीन हजार र सान्तवना हुने दुई जनालाई दुई/दुई हजार नगद र प्रमाण–पत्र वितरण गरिएको आयोजकले जनाएको छ ।

वक्तृत्वकला प्रतियोगिताका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाका विभिन्न विद्यालयका १३ जना विद्यार्थीहरुले भाग लिएका थिए । समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, आवाज संस्था सुर्खेत र अमेरिकन कर्नर सुर्खेतको समन्वय र एनयुएसएएनको आयोजनामा प्रतियोगिता भएको हो ।

हिंसा, दुर्व्यवहार र शोषणबाट महिला र बालिकाको संरक्षणलाई प्रवर्द्धन गर्ने र सरकारको अभिनव रणनीति मार्फत तटस्थ बनाउने कार्यक्रमको उद्देश्य रहेको थियो ।

तपाईको प्रतिक्रिया