सुर्खेत उद्योग वाणिज्य संघले माग्यो राष्ट्र बैंकसँग कर्जा

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले राष्ट्र बैंकसँग पुनः कर्जाको माग राखेको छ । संघले दुई बुँदे माग राख्दै शुक्रबार नेपाल राष्ट्र बैंकको सुर्खेतस्थित कार्यालयमा धर्ना दिएको हो ।

मुलुकलाई दोस्रो श्रीलंका हुनबाट जोगाउने दायित्व बैंकहरुको पनि भएकोले निजी क्षेत्रको उपस्थिति र अस्तित्व जोगाउन बैंकहरु अग्रसर हुन आग्रह गर्दै संघका पदाधिकारी एक घण्टा धर्ना बसेका थिए ।

उद्योग वाणिज्य संघले बैंकहरुले यसअघि प्रवाह गरिएको कर्जामा ग्राहकको माग र आवश्यक्ता बमोजिम न्यूनतम व्याजदर कायम गरी निश्चित प्रतिशत पुनः कर्जाको अविलम्व व्यवस्था गर्नुपर्ने र यस वर्ष बैंक व्याजको किस्ता तिर्ने समय कम्तिमा ६ महिना थप गर्नुपर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया