सल्यानमा १४ वर्षीया बालिकालाई करणी गरी फरार भएका दुई पक्राउ

सल्यान । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कुमाख गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई असार २२ गते जबरजस्ती करणी फरार भएका थिए ।

जबरजस्ती करणी गरी फरार जाजरकोट भेरी नगरपालिका–१२ बेलगार निवासी २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेतलाई जाजरकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

अभियुक्त दुईजनालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सल्यानबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए । २२ गते राति ठूलीआमाको घरमा सुत्न गएकी बालिकामाथि जबरजस्ती करणी गरेका थिए ।

तपाईको प्रतिक्रिया