बाजेको चिया गफ !

अभिनेष नेपाल ।

नेपाल बाजेको चिया गफ
म चिया लभर

चट्ट दुई चम्चा चिनी हालेर
चियापत्ती र दुधमा घोली
एक गिलास चिया चुस्की हान्दै
चिसिदै गरेको चाखलाग्दो साँझमा
चियाउँदै छु चित्त नबुझेको जीवनलाई
१५ रुपैयाँको चिया खाएर देश बनाउँने कुरा गर्छ्न त बा
अनिसबै १५ रुपैयाँ चियाको नेता छ्न् ।

चिटिक्क परेको मान्छेलाई
चिनेको नचिनेको सबैलाई
चट्ट हेर्दै, चियाको चुस्की हान्दै
चुर्लुम्म डुब्दैछु अन्योलको भविष्यमा ।

अर्को चुस्की चिया
यस पटक फरक स्वादमा
चार दिन अघि चार बजे तिरको कुरा सम्झिँदै
घरको चोकको नाम नेपाल बाजे चिया पसल
दुधको चिया चुसिएको काइलालाई
चौपटै पार्ने गरी चड्काएकी थिइन्
चादनि आन्टीले ।

तेस्रो–चौथो चुस्कीसँगका बातहरु
चुर्ना परेका समाजका नकचराहरुलाई समर्पित
जस्ले न चरालाई निस्फिक्री उड्न दिन्छन्
न चराझै उड्न चाहने कलिला सपनाहरुलाई
मात्र आफ्नै चाहना अरुमा थोपार्दै जान्छन् ।

अन्तिम चियाको चुस्की
न जीवनमा सुखीका रस आए झै लाग्छ
न जीवनले जिउने जीउ पाएछ झै
सायद चिया जस्तै रहेछ साराको जीवन
हरेक जीवनका चुक्सी लोभलाग्दो त हुने तर,
अन्त्यमा रित्तो गिलास झै खाली हुने रहेछ जीवन ।

तपाईको प्रतिक्रिया