शुद्ध पिउने पानी पाउँदा स्थानीयवासी खुसी

दैलेख । घर आँगनमै शुद्ध पिउने पानी पाउँदा नौमुले गाउँपालिका–३ भित्रीखोला, ढाँडगाँउ र मेलडाँडाका बासिन्दा खुसी भएका छन् । संधै खोला र खोल्साबाट दुषित पानी पिउँदै आएका दुर्गम गाँउका बासिन्दा घर आँगनमै शुद्ध पिउने पानी पाउँदा खुसी भएका हुन् ।

विकास भन्ने वित्तिकै मुख मिठ्याउने भित्रीखोलावासीमा पालिका र नेपाल रेडक्रस सोइसाईटी सहयोगमा घर आँगनमा धारा निर्माण भएपछि मुहारमा खुसी ल्याईदिएको हो । पिउने पानीको सास्ती खेप्दै आएका बासिन्दाले घर आँगनमै धारा बनेपछि समयको समेत बचत भएको छ । स्थानीय करेसाबारीमा तरकारी खेती गर्न थालेका छन् ।

खोला खोल्सीको पानी पिउन थालेपछि सरुवा रोग लाग्न छाडेको स्थानीयवासी बताउँछन् । ‘पहिला खोला खोल्सीको पानी पिउँदा टाउको दुख्ने रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्थ्यो । आजभोली शुद्ध पिउने पानी पिउन थालेपछि ती रोग त कता हरायाँ–हरायाँ ।’ फिस्स हास्दै नौमुले–३ भित्रीखोलाकी गंगा थापाले भनिन् ।

पानीको अभावले फोहोर देखिने घरहरु आजभोली सफासुघर देखिन थालेका छन् । घरमा जुठेला, चाँङ मचांग निर्माण हुँदा सफा र चिटिक्क देखिन थालेको हुन । संधै खोलाको दुषित पानी पिउँदै आएका बासिन्दा आँगनमै शुद्ध पिउने पानी पाउँदा दंग परेको गंगाले बताईन । उनले भनिन, ‘हाम्रा पालामा त खोलाकै फोहोर पानी पिउने गथ्र्यौ । आजभोली पानी घरआँगनमै आएको छ । हामीले दुःख पायौं पायौं, अब नाति नातिनी, बुहारीलाई सुखहुने भए ।’

पानी ल्याउने समयमा स्थानीयवासीले करेसाबारीमा तरकारी खेती पनि गर्न थालेका छन् । वर्षायाममा प्रयाप्त पानीका स्रोतहरु पाईने भएपनि हिउँदको समयमा अधिकाँस पहाडी बस्तीहरु काकाकुल हुने गर्थे । नजिकै पानीको स्रोत नहुने र भएका स्रोत समेत सुक्ने कारणले यहाँका नागरिक निकै सास्ती खेप्दै आएका थिए । बर्षौदेखि बर्षातमा फोहोर पानी र हिउँदमा कुवा, पधेँरामा झै–झगडा हुने गथ्र्यौ आजभोली त्यो बिर्सिदै गएको स्थानीय हिरा कार्कीले बताइन् ।

धुनधुने खानेपानी आयोजनामार्फत डाँडागाँउका ३० घरधुरीका १८४ जना स्थानिय प्रत्यक्ष लाभान्वित भएका छन् । त्यस्तै, हिउछिहिरा खानेपानी आयोजना मार्फात मेलडाँडामा माध्यामिक बिद्यालय सहित७० घरधुरीका सात सय ७३ नागरिकहरु स्वच्छ पिउने पानिको पहुँचमा पुगेका छन् ।

चमेरे गुफा खानेपानि आयोजना मार्फत भित्रीखोलाका २८ घरधुरीका एक सय ६७ नागरिकहरु स्वच्छ पिउने पानिको पहुँचमा पुगेका छन् । १५ लाख ८२ हजार ४ सय ६ रुपैया श्रमदान, १४ लाख १३ हजार एक सय ९१ रुपैया नौमुले गाँउपालिका र ४९ लाख २५ हजार दुई सय ९२ रुपैयाँ लगानीमा खानेपानी निर्माण गरिएको हो । नौवटा योजना मात्र ५१९ घरधुरीमा स्वच्छ पानिको पहूँच पुगेको छ । निकट भविश्यमानै नौमुले वडा –३ लाई पूर्ण सरसफाई तथा स्वच्छता युक्त गाँउ घोषणा गर्ने तयारी थालेको पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया