सुर्खेत । जिल्ला अदालत सुर्खेतले सम्बन्ध विच्छेदका कारण बालबालिकाहरू अपराधमा फस्ने गरेको बताएको छ । अदालतले शुक्रबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै अपराधमा फस्ने बालबालिकाहरु मध्ये धेरै जसोा सम्बन्ध विच्छेदका रहेको बताएको हो ।
अदालतका न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यले सम्बन्ध विच्छेदका कारण आमारबुबाबाट छुट्टिने बालबालिकाहरू अपराधिक घटनामा संलगन भएको देखिएको बताए ।
उनले भने, ‘पछिल्लो समयमा भएका विभिन्न अपराधहरु जस्तै, चोरी, ठगी, लागूऔषध जस्ता घटनामा यस्ता बालबालिकाहरू धेरै रहेका छन् । किन भने आमारबुबाको सम्बन्ध विच्छेद भईसकेपछि बालबालिका एक्लो हुने, उनिहरुलाई गार्जेन गर्ने व्यक्तिको कमिहुँदा यस्तो क्रियाकलापमा फस्ने गरेका छन् ।’
यस्तै, अदालतले आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका मुद्दा मध्ये ७२ दशमलव २७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । दुई हजार नाै वटा दर्ता नयाँ मुद्दामा अदालतले एक हजार सात सय ४० अर्थात ७२.२७ प्रतिशत फर्छ्यौट गरेको हो ।
अदालतले लगेको वार्षिक मुद्दा फर्छ्यौटको लक्ष्यभन्दा धेरै एकसय २० मुद्दा फर्छ्यौट गरेको हो । जसमा अदालतले एक हजार ६ सय २० मुद्दाको लक्ष्य लिएको थियो ।
यस आर्थिक वर्षमा हालसम्मकै बढी मुद्दा दर्ता भएको अदालतले जनाएको छ । साथै कर्मचारीको अभाव भए पनि बिहान सात बजेदेखि साँझ सात बजेको समयमा अदालतमै बसेर लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्यौट गर्न सफल भएको न्यायाधीश डाक्टर आचार्यले बताए ।
नेपालीरैबार । २०७९ असार ३१, शुक्रबार