कर्णाली प्रदेश सभा अगाडी तनावग्रस्त

सुर्खेत । कर्णाली प्रदेश सभामा कडा सुरक्षाबीच तनावग्रस्त भएको छ । जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद नरेश भण्डारीले टेवल गरेका विधेयक पारित नगरेको भन्दै प्रदर्शन भएपछि प्रदेश सभा अगाडी तनावग्रस्त भएको हो ।

सांसद भण्डारीले संसदमा टेवल गरेको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन, अन्वेषण तथा आविस्कार विधेयक पारितको माग गर्दै विधेयक सरोकार समाजले संसद भवन अघि विरोध प्रदर्शन गरिरहेको छ ।

यस अघि सांसद भण्डारीले फेसबुकमार्फत समृद्ध कर्णाली निर्माणमा योगदान गर्न अपिल भन्दै स्टाटससमेत राखेका थिए । उनले फेसबुकमा स्टाटास राख्दै उक्त विधेयकलाई अबिलम्ब पारित गराउनका लागि विधेयक ऐक्यबद्धता कार्यक्रममा सहभागीताका लागि अनुरोध समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया