जुम्लाको सिँजाले आइतबार हाटबजार लगाउँदै

सुर्खेत । जुम्लाको सिँजा गाउँपालिकाले हाटबजार लगाउँने भएको छ । साउन १ गते आइतबार पालिकाले पालिकाको केन्द्र सिँजा–३ नराकोटमा हाटबजार लगाउँने भएको हो ।

गाउँपालिकाको असार २६ गते बसेको कार्यपालिकाको बैठकले प्रत्येक महिनाको १ गते नराकोट बजारमा हाटबजार लगाउँने निर्णय गरेको छ ।

पालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सिँजा क्षेत्रमा उत्पादन भएका कृषि बस्तु र पुराना पुरात्ताविक बस्तुको संरक्षण र प्रर्वद्धन गर्नको लागि पालिकाले उक्त निर्णय गरेको बताए । अध्यक्ष धितालले भने, ‘सिँजा सभ्यताको इतिहासमा छुट्टै पहिचान भएकाले यसको संरक्षण तथा पहिचानका लागि हाटबजारले संरक्षण गर्न सक्छ साथै सिँजा उपत्यकालाई बचाई राख्न र पुराना सम्पत्तिको संरक्षण गर्नको हाटबजारले महत्वपुर्ण भूमिका खेल्ने छ ।’

अध्यक्ष धितालकाअनुसार सिँजा क्षेत्रमा उत्पादन भएका कृषि बस्तु, राडी पाखी, पुराना संस्कृतिहरु हाटबजारमा प्रदर्शन गरिने छ भने सिँजा क्षेत्रको खस सभ्यता र पहिचानलाई बचाउँने उद्देश्य रहेको पालिकाको रहेको छ ।

साथै यस क्षेत्रमा रहेका विभिन्न ताल तलैया, खोला, नाला, मठमन्दिर आदीको संरक्षण गर्ने पनि हाटबजारको अर्को उद्देश्य भएको पालिकाले जनाएको छ ।

यस्तै, सिँजा क्षेत्रका विभिन्न प्रकारका अन्न बालिनाली र कलागलाले भरिपूर्ण भएका साँस्कृतिक रमाईलोलाई बजारका रुपमा उजागर गरिने अध्यक्ष धितालको भनाई रहेको छ । उहाँले बताउनुभयो ।

जुम्लाको यो सिँजा क्षेत्र खस भाषाको उद्गम स्थल हो । यस खस भाषाको संरक्षण र प्रर्वद्धन गर्नको लागि हाटबजारले महत्वपूर्ण भुमिका खेल्ने विश्वास पालिकाले लिएको छ ।

हाटबजारमा किसानले उत्पादन गरेका सबै उत्कृष्ट तरकारी र फलफुलहरूको मूल्याङकनका लागि समितिसमेत बनेको र पहिलो, दास्रो, तेस्रो र सान्तवना हुने किसानलाई पुरस्कारको व्यवस्थापन गरिएको पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया