स्कुल किन असफल हुन्छन ?

सुबोध आचार्य । प्रचलित शिक्षा प्रणालीमा स्कुलको भुमिका ज्यादै महत्त्वपूर्ण छ । तर, स्कुल जसका निम्ति बनाइएका हुन् । तिनका निम्ति आकर्षण हैन् विकर्षणका केन्द्र बनेका छन् । केटाकेटीहरु स्कुलमा आफ्नो व्यक्तित्व नस्वीकारिएको, मन नलागेको कुरा जबरजस्ती गर्न लगाइएको, आफ्ना इच्छा, विचार, जिज्ञासा र प्रयोगलाई वेवास्ता यवम् प्रताडित गरिएको अनुभव गर्छन् भने स्कुल जानू नपर्दा बढी खुसी हुन्छन् ।

जति कडाइ गरिए पनि केटाकेटीलाई तह लगाउन नसकिएकोमा शिक्षक असन्तुष्ट छन् । छोराछोरीले भनेजस्तो नम्बर ल्याउन नसकेकोमा आमाबावु असन्तुष्ट छन् । तिनलाई आफुले भनेजस्तो बनाउन नसकेकोमा शिक्षक–अभिभावक दुबै महा–असन्तुष्ट छन् ।

स्कुलले वर्ग भेद झन गाढा बनाउदै लगेकोमा शिक्षाविद झन चिन्तित छन भने स्कुलहरुको शैक्षिक स्तर नउकासिनु नियामक निकायहरूको झन टाउको दुखाई बनेको छ । सबैलाई लाग्छ –कहि न कहि हाम्रा स्कुल असफल छन । स्कुल किन असफल हुन्छन ? यस प्रश्न उत्तर हामी भौतिक पूर्वाधार र सुविधामा खोजी रहेछौ । राम्रो भवन, भव्य कोठा, स्तरीय शैक्षिक उपकरण अत्याधुनिक शैक्षिक प्रविधि, प्रयाप्त कम्प्युटर, प्रशस्त खेलकुद, उन्नत शैक्षिक–तालिम , मोटो बजेट आदिले स्कुललाई सफल बनाउन सक्छन भन्ने हामिलाई लाग्छ ।

त्यसैले हामी स्कुल सञ्चालकदेखि सरकारसम्म यसतर्फको दौडमा छौं । वान्छित स्तरमा पुग्न नसकेकोमा हिन भावना पालेर बसेका छौं । स्कुलको सफलता असफलता यस्ता तामझामबाट होइन, अरु नै कुराबाट हुन्छ भन्ने कुराको हेक्का हामीलाई नहुनु दुः खत कुरा हो ।

आजको विश्वमा प्रचलित स्कुल शिक्षाका कारण जुन जातीय सामाजिक मनोविज्ञान, विद्यार्थीप्रतिको दृष्टिकोण र व्यवहार, वर्गीय विभेद, लैंगिक असमानता, आपसि द्वन्द्व, तिक्तता, वैमनस्यता ठुलो र सानो उंचो र होचोबीचको खाडल जुन बड्दो छ अत्यन्तै डरलाग्दो र भयानक छ । यति मात्र हैन विध्यार्थिको राज्य र समाज प्रतिको जिम्मेवारिपन , गुरुबा–गुरुआमा प्रतिको आदरभाव, एकअर्काप्रतीको सम्मानभाव र आफुप्रतिको आत्मविस्वास कतै गुम्तै गएको त छैन ? मलाइ लाग्छ ती स्कुल जुन केटाकेटीका लागि आज जेल साबित भएका छन्, जहाँ उनिहरुसँग कैदिको जस्तो व्यवहार गरिन्छ ।

अनुशासनका नाममा तिनलाई आज्ञापालक कठपुतली बनाइन्छ । पढ्नु आनन्द हैन यातना बन्न पुग्छ । मौलिकता र सृजनात्मकता हराउदै जान्छ र दण्डनीय वस्तु बन्न पुग्छन, आफ्नोपन कुन्ठीत हुन्छ भने तिनलाई स्कुल मान्न सकिँदैन् ती यातनाका गृह हुन । विकर्षणका केन्द्र हुन ।

यदी स्कुलबाट गुज्रिसक्दा पनि जुन बच्चा आफ्नो अस्मिता, पहिचान, स्वाभिमान र आत्मविश्वास बचाई राख्न सफल हुन्छ भने त्यो साच्चै आद्दितिय मानिस हो र कहिले काहीँ घोत्लियर एकान्तमा सोच्छु र लाग्छ पुरस्कार, दण्ड, ग्रेड, डिग्री, प्रमाणपत्र आदिबाट सुसञ्जीत आजको शिक्षा प्रणाली कतै मानवजातीको सबैभन्दा तानाशाही पुण र खतरनाक आविस्कार अनि विस्वव्यापी गुलाम राज्यव्यवस्थाको सबैभन्दा गहिरो जग झ त बनेको छैन ?

मलाई लाग्छ सत्यको अनुभुती खोज नै अर्थात पुर्णता–समग्रताको बोध नै विद्दा हो । त्यस्तै अत्यन्तै कुशल तथा विश्व प्रसिद्ध लेखक जोन हल्टले एक ठाउमा भनेको छन् शिक्षा त्यो कुरा हो जसलाई हरेक व्यक्तिले आफ्ना निम्ति स्वयं प्राप्त गर्दछ, यो त्यस्तो कुरा हैन जो जो अरु कसैले उसलाई देओस् अथवा दिन सकोस्  त्यसैले हामीले बुझ्नुपर्ने कुरा के हो भने शिक्षा भनेको स्वतन्त्रताको विस्तार, विश्व शान्ती, जातीवादको समाप्ती र समानताको भाव जस्ता बृहत्तर मानवीय मुल्यसंग जोडिनु पर्ने कुरा हो ।

शिक्षा मानवीय उन्नतिको मुल आधार हो भन्नेबारे मानव समाज एक मत रहिआएको भए तापनि आदर्श वा उद्देश्यको पृथकताका कारण यसमा दुई धार देखिन्छन् । पहिलोले मानिसलाई परनिर्धारित निश्चित प्रयोजनको लागि उपयुक्त पात्रका रुपमा विकसित गर्ने लक्ष लिएको हुन्छ भने दोर्सोले उसलाई आफ्नो जिवनोद्देश्य स्वयं निर्धारित गर्न र स्व–इच्छाले त्यसमा अघि बढ्न दिनुपर्ने मान्यता राख्दछ ।

पहिलोले मानिसलाई रित्तो भांडो सम्झेर त्यसमा ज्ञान झ भरिदिन चाहान्छ भने दोर्सोले ज्ञानको बिज उसंगै हुन्छ भन्ने मान्छ र त्यसलाई विकसित हुने अवसर र वातावरण मात्र जुटाइदिन चाहान्छ । पहिलोले मलाई बच्चा देउ, म उसलाई तिमीले चाहेजस्तो बनाइदिन्छु भन्छ, दोस्रोले बच्चालाई उ स्वयंले चाहेजस्तो बन्न सहयोग पुर्याउने अभिष्ट राख्छ ।

आधारभुत रुपमा भन्नुपर्दा पहिलोले मानिसलाई बाँध्न चाहान्छ, दोस्रोले मुक्त गर्न । यस अन्तर्गत यदि शिक्षाको सान्दर्भिकता, गुणस्तर र उपयोगिताको कसि यसका उत्पादनझहरु राष्ट्रिय –बहुराष्ट्रिय कम्पनी र संस्था अथवा सरकारि , गैरसरकारी कार्यलय र उपक्रमहरुका निम्ति कति बढी ग्राह्य र उपयोगी भय वा हुन सक्छन भन्ने कुरा मानिन्छ र यश क्रममा विद्यार्थीको वास्तविक रुचि, चाहाना र स्वतन्त्र व्यक्तित्व दबेर ऊ कारखानामा उत्पादित माल जस्तो बन्न पुगेको हुन्छ र उसले शिक्षालाई भौतिक आवश्यक्ता पुर्ती वा आर्थिक समृद्धिको साधन मात्र ठान्छ भने त्यो शिक्षा अधुरो र अपुरो छ ।

त्यसैले मानिसमा अन्तर्निहित वुद्दि र संवेदनाको विकासलाई शिक्षाको मुल उद्देश्यका रुपमा लिइनु पर्दछ । प्रत्येक व्यक्ति अरुभन्दा फरक बिशेषता र जीवनोद्देश्य लिएर जन्मेको हुन्छ , शिक्षाले उसलाई आफ्नो अन्तर्जात प्रतिभा र सामर्थ्य पहिचान गर्न तथा तिनलाई सम्भव सिमासम्म विकसित गर्न सघाउनु पर्छ । ऊ जे बन्न पैदा भएको हो, त्यहि बन्न दिनु पर्छ । उसलाई अभिव्यक्त हुन दिनुपर्दछ । अन्ततः केटाकेटीलाई आफुले चाहेजस्तो बनाउन नखोजौ , तिनले चेहेजस्तो बन्न सहयोग पुर्याउ भन्ने नै मेरो निस्कर्ष हो ।

(लेखक आचार्य, अनेरास्ववियु त्रि–चन्द्र क्याम्पस कमिटी उपाध्यक्ष हुन् ।)

तपाईको प्रतिक्रिया