सगरमाथा साहित्य प्रतिष्ठानले दुई जना श्रष्ठालाई सम्मान गर्ने

सुर्खेत । सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली प्रदेश शाखाले दुई जना श्रष्ठालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले एक कार्यक्रम राख्दै उक्त एक जना गलजकार र कविलाई सम्मान गर्ने भएको हो ।

प्रतिष्ठानले ‘नेपाली भाषा साहित्यको संरक्षण, सम्वद्र्धन र विकासको लागि’ भन्ने मुल नाराका साथ दैलेखमा श्रष्ठा सम्मान तथा रचना वाचन कार्याक्रमको आयोजना समेत गरेको छ ।

सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको उक्र कार्याक्रम साउन ७ गते बिहान ११ बजेदैलेखको नारायण बहुमुखी क्याम्पसमा हुने छ ।

कार्याक्रममा चितवनका गजलकार रोहित कुँवर र दैलेखका कवि दीपिन सिजापतीलाई सम्मान गरिने आयोजकले जनाएको छ । साथै उनिहरुले आफ्ना रजनाहरु समेत वाचन गर्ने आयोजकको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया