युवा संघद्वारा देउती बज्यै मन्दीर परिसरमा सरसफाई

सुर्खेत । नेकपा एकीकृत समाजवादी निकट युवा स‌ंघ नेपालले देउती बज्यै मन्दीर परिसरमा सरसफाई गरेकाे छ । हरेक हप्ता सामाजिक कार्य गर्ने उदेश्यले आज देउती बज्यै मन्दीर परिसरमा सरसफाई गरिएकाे हाे । सरसफाइ कार्यक्रममा भाैतिक पूर्वधार तथा शहरी विकास मन्त्री पदम राेकाय समेत पुगेका थिए ।

कार्यक्रममा बाेल्दै मन्त्री राेकायले युवाहरु सिर्जनशील हुनुपर्ने र सामाजिक कार्यलाई व्यापकता बनाउन जरुरी रहेकाे बताए । देश हाक्ने जिम्मेवारी युवाकाे काँधमा रहेकाले समाजमा सकरात्मक र सचेतनामूलक गतिविधि गर्दा राम्राे सन्देश प्रवाह हुने भएकाले यस्ता कार्यलाई निरन्तरता दिन उनले आग्रह गरे ।  युवा संघ नेपाल कर्णाली प्रदेश कमिटीले आयाेजना गरेकाे सरसफाई कार्यक्रममा उपाध्यक्ष ध्रुव थापा लगायकाे टाेली सहभागी थियाे ।

 

तपाईको प्रतिक्रिया