एमालेका महासचिव सुर्खेतमा, प्रदेश पार्टी कार्यालयको उद्धघाटन

सुर्खेत । नेकपा (एमाले)का महासचिव शंखर पोखरेल सुर्खेत आएका छन् । शनिबार बृहत कार्यकर्ता प्रशिक्षणमा सहभागि हुन पोखरेल सुर्खेत आएका हुन् ।

महासचिव पोखरेलले सुर्खेत पुगेसँगै नेपका (एमाले) कर्णाली प्रदेश पार्टी कार्यालयको उद्धघाटन समेत गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ सुर्खेतमा रहेको पार्टी कार्यालयको उद्धघाटन गरेका हुन् ।

यस्तै, महासचिव पोखरे शनिबार बिहान ११ बजेदेखि एमाले सुर्खेत जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता प्रशिक्षणका कार्यक्रममा सहभागी हुने जनाईएको छ । एमालले उक्त पशिक्षण कार्याक्रम सुर्खेत सभा हलमा राखेको छ ।

कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण भने महासचिव पोखरेल र स्थायी किमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल लगायतका नेताहरुले दिनेछन् । एक दिवसीय कार्यक्रममा प्रदेशस्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको एमालेले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया