माओवादीका सर्त पुरा हुने भएपछि संसद चल्ने

सुर्खेत । सत्ता गठबन्धन दल नेपाली काँग्रेस र माओवादीबीच देखिएको गतिरोध समाधान हुने भएपछि कर्णाली प्रदेश सभाको वैठक आज (सोमबार) चल्ने भएको छ । गत मंगलवारको वैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैलीप्रति गम्भिर प्रश्न खडा गरेपछि संसद् अवरुद्ध भएको थियो ।

माओवादी संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, काँग्रेसका तर्फबाट निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व मन्त्री एवं माओवादी प्रदेश अध्यक्ष विमला केसी, एकीकृत समाजवादीको तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही, नेकपा एसका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाको सहभागितामा आइतबार भएको छलफलमा माओवादीले उठाएका विषय सम्बोधन गर्न मुख्यमन्त्री जीवनबहादुर शाही सकरात्मक देखिएपछि ससंद चल्न लागेको हो ।

माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व चयन, सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था, शान्ति पुनर्स्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्त्वपूणर् विधेयकमा बाझिएका विषयमा छलफलका लागि अगाडि बढाउने र सहमति जुटेका विधेयकलाई पारित गर्ने सहमति भएको नेकपा माओवादी संसदीय दलकी प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन् ।

जारी गतिरोध अन्त्य भएपछि आज दिउँसो ३ बजे संसद् बैठक बस्न लागेको छ ।

तपाईको प्रतिक्रिया