पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गए रातीदेखि परेको अविरल वर्षका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको हो। अस्थाई प्रहरी पोष्ट हुल्म कालिकोटकाअनुसार मंगलबार बिहान करिब ५ः४० बजेको समयमा पहिरो खसेको हो।

कालिकोटमको खाडाचक्र नगरपालिका जिते स्थित सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीको भनाई रहेको छ।

उक्त स्थानमा अस्थाई प्रहरी पोष्ट हुल्मबाट ३ जनाको प्रहरी टोली खटेर राजमार्ग खुलाउने पहल भईरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया