कोहलपुरमा एक दम्पती मृत भेटिए, हत्याको आशंका

नेपालगञ्ज। बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरमा मंगलबार एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्। मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेले जानकारी दिए।

उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ। उनीहरूको बिहे भएको एक वर्ष भएको थियो।

घटना शङ्कास्पद भएको उल्लेख गर्दै डिएसपी न्यौपानेले शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए। ‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ’, डीएसपी न्यौपानेले भने।

घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

तपाईको प्रतिक्रिया