काठमाडौँ। साउन सुरुबाटै घट्न थालेको सुनको मूल्य बुधबार पनि घटेको छ। यस दिन सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस १७१८.४८ डलर र चाँदीको प्रतिऔंस १८.५९ डलर पुगेको छ।
नेपालीरैबार । २०७९ श्रावण ११, बुधबार