महँगीविरुद्ध राप्रपाले वीरेन्द्रनगरमा ठटायो थाल !

सुर्खेत। जिल्लाको वीरेन्द्रनगरमा राप्रपाले थाल ठटाएर महँगीविरुद्ध विरोध जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले बुधबार वीरेन्द्रनगरमा थाल ठटाएर विरोध जनाएको हो।

राप्रपाले मंगलगढी चोकहुँदै महँगी नियन्त्रण गर, कालो बजारी र भ्रष्टाचारीमाथि कारबाही गर, राप्रपाको २२ बुँदे माग पूरा गर लगायतका नारा लगाएर वीरेन्द्रनगरमा विरोध ¥याली निकालेर वीरेन्द्रचोकमा पुगेर कोणसभामा गरेका छन्।

महिला संगठनका जिल्ला उपाध्यक्ष भूमी खत्रीको नेतृत्वमा केन्द्रीय सदस्य जनक सिंह (ठकुरी), जिल्ला अध्यक्ष कविराम पुरी, प्रदेश सचिव सूर्यबहादुर शाही लगायतको अगुवाईमा विरोध गरिएको थियो।

तपाईको प्रतिक्रिया