पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही हुँन्छ : अध्यक्ष शाह

सुर्खेत । नेपका (एमाले) कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाहले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गरिने बताएका छन्। बुधबार पार्टीको पादेशिक कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालले अन्तरर्घात गर्नेलाई कारबाही गरिने निर्णय गरिएको बताएका हुन्।

अध्यक्ष शाहले स्थानीय तहको निर्वाचनमा टिकट नपाएको झोँकमा पार्टीभित्र अन्तर्घात गर्ने नेताहरुलाई प्रदेश कमिटीले कारबाही गर्ने निर्णय गरेको बताए। अध्यक्ष शाहले भने ‘विधान अनुसार जुन कमिटीको सदस्य, नेता र पदाधिकारीले गल्ति गरेको छ सोही कमिटीले कारबाही गर्ने वैधानिक प्रावधान छ।’

उनले थपे, ‘गाउँ तथा नगर कमिटीमा त्यस्ता खालका व्यवहार भएका छन् भने त्यहीँ कारबाही हुन्छ । प्रदेश कमिटीबाट भएको खण्डमा प्रदेश कमिटीका पदाधिकारीले कारबाही हुन्छ।’

साथै बागी उम्मेदवारी दिएकाहरुलाई पनि कारबाही गर्ने निर्णय भएको एमालेको निर्णय छ । शनिबार र आइतबार प्रदेश राजधानीमा आयोजितएमालेको चौथो पूर्ण बैठक र म‌गलबार बसेकाे सचिवालय बैठकले स्थानीय निर्वाचन पार्टीले नतिजा खस्किनुको कारण र आगामी रणनीतिका बारेमा निर्मम समीक्षा गर्दै विभिन्न निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया