एसईईमा ९,६३३ जनाले ल्याए ४ जीपीए

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजाअनुसार ९६३३ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।

त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१६२७ रहेको बाेर्डले जनाएकाे छ । २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ६९९०० रहेकाे छ भने २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९०७५८ रहेको छ ।

११२७३३ विद्यार्थीले २.० देखि २.४ जीपीए ल्यउँदा १००५९४ विद्यार्थीले १.६ देखि २.० जीपीए ल्याएका छन् । त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४५८६ रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थी ३२८० जना छन् ।

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)ले एसईईको नतिजा सार्वजनिक गरेको हाे । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया