मुगुमा कुलो बनाउँदा २३ लाख बढी भ्रष्टाचार, ९ जना विरुद्ध मुद्दा दायर

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकामा सिंचाइ कुलो निर्माणमा अनियमितता गरेको भन्दै कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासहितका ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

उनीहरुले २३ लाख १० हजार ५९७ रुपैयाँ १७ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेकामा बुढासहित कार्यालयका सव–इन्जिनियर राजेन्द्र शाही, तत्कालीन ना.प्रा.स. मणिचन्द्र बिक, जिल्ला समन्वय समिति मुगका तत्कालीन खरिदार बिश्वास उपाध्याय छन्।

यस्तै, अख्तियारले तीनमुखेदेखि लुवाबान्ना कृषि सिंचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सह(सचिव सुरेश वुढा र छायाँनाथ रारा नगरपालिका वडा नं. १० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावतविरुद्ध पनि मुद्दा दायर गरेको छ।

यस्ताे छ, दायरपत्र

तपाईको प्रतिक्रिया