कर्णालीमा हाम फाल्छु भन्दै श्रीमतीलाई फोन गरेर सोनाम बेपत्ता

सुर्खेत। मुगुका एक पुरुषले श्रीमतीलाई फोन गरेर कर्णाली नदिमा हाम फाल्छु भनेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मुगमकार्मारोङ गाउँपालिका–८ माङ्ग्रीका २७ वर्षीया सोनाम तामाङ रहेका छन्।

सक्ली भन्ने स्थानमा आफ्नै गोठमा बस्ने गरेका उनले मंगलबार बेलुकातिर घरमा श्रीमतीलाई फोन गरी म कर्णाली नदीमा हाम फाल्छु भनेका थिए।

त्यसपछि मोबाइल अफ गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेले जानकारी दिए। उनकाअनुसार सोनामले ४५ हजार आफु बस्ने ठाउँमा छोडेर बेपत्ता बनेका छन्।

यद्यपि परिवारले बुधबार बिहान १० बजेमात्रै खोजविनका लागि प्रहरीलाई खबर गरेको उनले बताए। पाण्डेका अनुसार प्रहरी चौकी छाइललाले उनको खोजी कार्य जारी राखेको छ।

तपाईको प्रतिक्रिया