छिन्चुबाट अवैध मुद्राको कारोबार गरेको आरोपमा पाँच जना पक्राउ

सुर्खेत । अवैध मुद्रा सम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका–१२ देउती टोलमा रहेको नास्ता पसलमा अवैध मुद्रा सम्वन्धी कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिम्ता गाउँपालिका–३ आग्रिगाउँका २३ वर्षीय समर बि.क., दैलेख भगवतीमाई गाउँपालिका–४ का १९ मदन बि.क., जाजरकोट छेडागाड नगरपालिका– ५ का २४ वर्षीय निमबहादुर बि.क., सोही ठाउँका ३३ वर्षीय रत्नबहादुर नेपाली र कुसे गाउँपालिका–५ खुर्पाका ३२ वर्षीय शान्तबहादुर बादी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले नेपालीरैबारलाई जानकारी दिएको छ ।

नास्ता पसलमा मुद्रा सम्बन्धी कारोबार गरिरहेका सूचना पाएपछि प्रदेश प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबाट छालाको मुद्रा जस्तो देखिने ११११ लेखिएको बिभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु प्रहरीले फेला परेको छ ।

वुट्टा बनाउन प्रयोग गरिने अन्य दुई थान छाला जस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका चिज वस्तु तथा पत्थरहरु, बारुद जस्तो देखिने सानो डिब्बा तथा सानो विधुतिय वस्तुहरु दुई-दुई थान बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

तपाईको प्रतिक्रिया