जुम्लामा रहेको दुधकुण्डली र आकाशे तालको यात्रा

लाखौंका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग हो। जुम्लाको गुठीचौर गाउँपालिका–१ स्थित ४६०० मिटरको उचाईमा दुधकुण्डली र ४७०० मिटरको उचाईमा आकाशे ताल पर्दछन्। मानव शुन्य लेखमा अवस्थित यि दुई ताल एक अर्काको नजिकको साथि पनि हुन। यी दुई ताल एक अर्कालाई हेरेर चित्त बुझाउँछन्।

दुधकुण्डलीले आकाशे ताललाई र आकाशे तालले दुधकुण्डलीलाई उत्पतिकालदेखि नै चिन्छ्न्। दुधकुण्डलीको भेट मानिसहरुसँग कहिले भयो भन्ने थाहा छैन्। परापुर्वकालदेखि नै मानिसहरु यहाँ तिर्थ जान्थिए रे।

आकाशे तालको भेट मानवसँग भएको लगभग सात बर्ष हुन थालेछ्। आफ्नो हराँएको चौंरी खोज्न जाँदै गर्दा गोठिचौर गाउँपालिका–१ छोपा गाँउ बस्ने बुवा साङबो गुरुङले ताल देख्नु भएको रहेछ।

त्यसपछि फटाफुट यार्चा टिप्न जाने, भेडा, चौंरी चराउँन जाने गाँउका केहीँ स्थानीय युवाले पनि यो ताल देखेको रहेछ्न् । नयाँ कुरा खोज्न र नदीको मुहानसम्म पुग्न जति उत्साह हुन्छ मनमा त्यती कष्टकर यात्रा पनि हुन्छ।

आकाशे ताल किन र कसरि राखियो?

हाम्रो टिम पनि त्यहीँ तालमा पुग्ने भनेर चोत्राबाट हिँडेको दिन पहिलो पटक ताल देख्ने बुवा बस्ने ठाँउ घाट भेडिगोठमा नास्ता खाना पुग्योँ। नँया ताल छ भन्दै बुवाले धेरै कुरा सुनाएपछि अब तालको नाम के राख्ने भन्ने विषयमा छलफल चल्यो।

मौसम खुलेको बेला ताल निलो आकाश रङ्ग जस्तै देखिने र तिब्बतिय भाषामा यसलाई माहोङ् नाम्छो भनिन्ने रहेछ। यो भनेको आकाश र (छो) भनेको ताल हो।

त्यसैले हामिसबैबीच यसलाई आकाशे ताल राख्ने निर्णय भयो। ४१०० मिटरको उचाई रहेको घाट ओडार (तिर्थ ओडार) पुगेपछि त्यो भन्दा अगाडि बढ्न बाटो निकै अपठ्यारो छ। कर्णालीभित्र भेटिएका स्वर्ग जस्ता गन्तव्यमा हामी आफनै हुँटहुँटी र बलजपतिले पुगेका हौँ। कुनै पनि गन्तव्यमा पुग्नको लागि
पदयात्रा मार्गको आधार सुरुआत पनि भएको छैन्।

हामी कसरी पर्यटक आउँनुपर्छ भनेर आह्यान गरौँ। आँफु त बाँचेर आएको छ अरुलाई कसरि पुग्न पर्छ भनौं त्यही पनि मन दुखाई–दुखाई आउँनु होला है भन्नु पर्छ्। म त कर्णालीलाई घर सम्झन्छु घर भित्रको कुरा जे जस्तो भएपनि सहन पर्छ्। जसरि पनि घरलाई सुन्दर बनाउँनु पर्छ भनेर लागेको हो।

घर प्रति मेरो कुनै गुनासो छैन्। तर, कर्णाली घुम्न पुग्ने थुप्रै साथीहरुको गुनासो देखिरहेको सुनिरहेको हुन्छु। कर्णालीमा पर्यटनको विकाश हुन नसक्नु को कारण भौगोलिक विकटता मात्र होईन्। हाम्रो समाजले दिने हस्पिटालिटी पनि हो। जे जस्तो भएपनि घर हो। सबै मिलेर परिवर्तन त गर्नै पर्छ्। अहिले कायापलट हुन्छ भनेर लागेको होईन्। अबको १० बर्षपछिको कर्णालीमा लाखौं पर्यटकको भिड हुनेछ्।

तस्बीरहरु

तपाईको प्रतिक्रिया