गाउँको खेती किसान गर्ने परिवारमा हुर्किएको म। अभावै आभावमा बाल्यकाल बित्यो। विस्तारै उमेर बढ्दै गएपछि पारीवारीक जिम्मेवारी पनि थपिँदै गयो। गाउँमा साथीहरूसँग धेरै नै साथ भयो।
सँगै पढे-लेखेका साथीहरु केहीले जागिर खाएँ त केही विदेशीय। तर, म विदेश नजाने सोचमा थिए। पत्रकारीतामा धेरै नै रूची थियो।
र सुची अनुसार केही वर्ष पत्रकारीता गर्ने समय पनि मिल्यो। तर, पत्रकारीताले सबै चिज नपुग्ने रहेछ। यो समयसम्म सञ्चार क्षेत्रमा काम गरेर जीविको पार्जन गर्न गाह्रो भयो। जागीरको लागि नेताको चाकँडी गर्नुपर्ने।
यि र यस्ता कुराले म दिक्क भएँ। विस्तारै मेरो यात्रा पनि मोडिने भयो। घरपरिवारसँगको सल्लाहपछि २०७८ असार ४ गते पुलिस रिपोर्ट अनलाई फर्म भरे। २०७८ साउन ७ गते नक्सा हेटक्वाटरमा छाप हानेर पठायोँ।
त्यसको दुई/तीन दिन प परराष्ट्र मन्त्रालयको छाप लगाउनमै समय बित्यो। सोही पुलिस रिपोर्ट लिएर नेपाल राजदूतावास नयाँ दिल्ली पुगेँ।त्यहाँबाट छाप हानी सोही दिन मै रिपोर्ट क्रोएशियन राजदूतावासमा पुग्याे।
त्यसको दुई महिनापछि पुलिस रिपोर्टमा क्रोएसियन रातदुताबास बाट छाप लागेर आयो। क्रोएशियन एमबिसी छाप लागेर आएपछि कम्पनीले अन्तरवार्ता लियो। अन्तरवार्ता लिएको दुई दिनमा नतिजा आयो पास पनि भएँ।
नाम निस्किँएपछि कम्पनीसँग दुई महिनामा रोजगार सम्झौता भयो । रोजगार सम्झौता भएको एक महिनापछि क्रोएशीयाली सरकारले कामदार अनुमतीपत्र दियो।
रोजगार अनुमतिपत्र आएको १० दिन भित्र म लगायत मेरा साथीहरु भिजा लगाउन भिसा सुविधा सेवा ग्लोबल गएर आफनो डकुमेन्ट बुझायौँ। त्यहाँ पमाणपत्र चाहिने भनेको पासपोर्ट, पासपोर्ट साईजको फोटो, प्रहरी रिपोर्ट, इन्स्योरेन्स गरेको रोजगार सम्झौता र कामदार आनुमतिपत्रसहित अन्य प्रमाणपत्रसमेत आवश्यक पर्ने गर्दछ।
त्यसपछि मेडिकल भयो। भिसा सुविधा सेवा ग्लोबल दिल्लीमा दुई दिनमा क्रोएसिएन राजदूतावास कुरिएर गरेर पढाईयो। त्यसपछि भिसा सुविधा सेवा ग्लोबल दिल्लीले क्रोएसिएन दिल्लीमा पठाएको करिब एक महिनापछि भिजा आयो।
भिजा आएको चार दिन श्रमगरि जुलाइ ३ मा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बेलुका करिब ४ः५६ बजेको समयमा दुबै एरपोर्ट पुगे। त्यहाँ पुगेर होल्ड बस्नु पर्ने भयो। करिब १४ घण्टा होल्ड बसेँ। त्यो १४ घण्टा बिताउँन धेरैनै समस्या भयो। दुबै एरपोर्टबाट साँझ ६ः४० बजेको समयमा क्रोएशियनको एरपोर्ट पुगेँ।
एरपोर्ट पुग्ने बित्तिकै कम्पनीकाबाट फोन आयो। कम्पनीको मान्छे एरपोर्टमा आएर मसँगै आएका साथीहरुलाई लगेर कम्पनीमा लग्यो। हामी काम गर्ने नेपाली ८ जना पुरानो साथीहरु थियौं।
कम्पनीमा गएको भोलिपल्ट मेडिकल र बैंक खाता खोलेर अर्को दिनबाट काम गर्न थालियो। हाल यहाँ पुगेको एक महिना हुन लायो। काम राम्रै छ।
लेखक विसी गुराँस गाउँपालिका दैलेखका स्थानीयवासी हुन्।
रमेश विसी । २०७९ श्रावण १७, मंगलवार