![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
काठमाडौं । काठमाडौंबाट भारतको मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको न्यारो बडी ३२० जहाजमा आतंकवादी रहेको सूचना पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी सक्रिय भयो ।
बुधबार दिउँसो १ बजेर १० मिनेटमा टेकअफ गर्न लागेको विमानमा आतंकवादी चढेको सूचना कैलाली प्रहरीले विमानस्थल प्रहरीलाई दियो । प्रहरीले सूचना पाएपछि रनवेमा पुगेको विमानलाई रोकेर सबै यात्रु आराल्यो ।
शंकास्पद दुई जना यात्रुलाई नियन्त्रणमा लिएपछि अहिले विमान मुम्बई उड्ने तयारीमा रहेको विमानस्थल सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए । उनकाअनुसार श्रीमान श्रीमती रहेका दुई जना शंकास्पद यात्रुलाई नियन्त्रणमा लिएपछि विमान उड्ने तयारी भएको छ ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०७९ श्रावण १८, बुधबार