कर्णालीमा भदौ ४-५ गते दलित युवा सम्मेलन हुँदै

सुर्खेत। कर्णाली प्रदेशमा दलित युवा सम्मेलन हुने भएको छ। समता फाउण्डेशन र युथ नेटवर्क नेपालको सहकार्यमा जात व्यवस्था अन्त्यका लागि सम्मेलन हुने भएको हाे।

दलित समुदायलाई थप सशक्त बनाउन पहिलो “कर्णाली दलित युवा सम्मेलनको आयोजना आगामी भदौ ४-५ गतेसम्म गरिएको हो। उक्त सम्मेलनले प्रदेशका दलित युवाले गरेका प्रयास र पहललाई एक अर्कासँग साट्न, ती प्रयासलाई अझ संगठित बनाउन तथा समन्वय र सहकार्यका अवसर सिर्जना गर्दै प्रदेश तथा स्थानीय सरकारलाई समावेशी सुशासनमा सहयोग पुर्‍याउने विश्वास लिएको आयोजकले बताएको छ।

यस सन्दर्भमा, प्रदेशका सबै दश जिल्लाबाट प्रतिनिधित्व गर्दै अहिले प्रदेश राजधानी वीरेन्द्रनगरमा बसोबास गरिरहनुभएका सम्मेलनमा सहभागी हुन इच्छुक दलित युवालाई आवेदन दिन आव्हान समेत गरिएको छ।

सम्मेलनमा सहभागी हुन आवश्यक उमेर समूह छुटाइएको छ। १८ देखि ३९ वर्षका दलित युवाहरुलाई हालको बसोबास रहेको स्थान वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशका दश जिल्लाको प्रतिनिधित्व हुने गरि सहभागी हुन अपिल गरिएको छ। आवेदन दिने व्यवस्था अनलाइन सिस्टममा राखिएको छ। आवेदन फारमको अन्तिम म्याद २०७९ साउन २५ गते सम्म रहेको छ।

फारम भर्ने लिङ्क:
तपाईको प्रतिक्रिया