
सुर्खेत। रारा राष्ट्रिय म्युजिक अवार्ड-२०७९ हुने भएको छ। आगामी असोज महिनाको अन्तिम साता काठमाडौँमा हुने भएको हो। जसका लागि आयोजकले आवेदनको खुल्ला गरेको छ। फारम भर्ने समय साउन १५ देखि साउन मसान्तसम्मलाई निर्धारण गरिएको आयोजकले जनाएको छ।
आयोजक संस्था कर्णाली कलाकार समाज रहेको छ। कर्णाली कलाकार समाजले समय अवधिभित्र फारम भरेर ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’मा भाग लिन गीत, संगीतका विभिन्न विधामा आवद्ध सम्पूर्ण कलाकारहरुमा आव्हान गरेको जनाएको छ।
निष्पक्ष रूपमा आयोजना हुने यो अवार्डमा निर्णायक मण्डलको सहि मुल्यांकन एस.एम.एस भोटिङबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिइने र ५० प्रतिशत निर्णायक मण्डलको र १० प्रतिशत आयोजकको निर्णय रहने समाजका अध्यक्ष पदम रोकायाले जानकारी दिए।
कार्यक्रममा सहभागि हुन ईच्छुक उपत्यका बाहिर रहनु भएका श्रष्टाहरुले आफ्नो गीतको लिङ्कसँगै फारम चार्ज ईसेवा मोवाईल बैंकिङबाट पठाएर ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’मा भाग लिन सकिने आयोजको भनाई रहेको छ।
समाजले बिगतमा धेरै ठुलाठुला कार्यक्रम, महोत्सव, सास्कृतिक कार्यक्रम राजधानी काठमाडौदेखि देशका भिन्न जिल्लामा सम्पन्न गरिसकेको छ।

नेपालीरैबार । २०७९ श्रावण १८, बुधबार