सल्यानमा नेकपाका नेता केसी मृत फेला

सुर्खेत। सल्यानमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता मृत फेला परेका छन्। सल्यानको छत्रेश्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका लोकमान केसी (लोकपाल) मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार बिहीबार बिहान केसी जिल्लाकै बागचौर नगरपालिका–१० मोख्ला नजिकै धान खेतमा झोला बोकेकै अवस्थामा मृत फेला परेका हुन्।

मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भए पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ।

केसी पार्टीका विशेष कमिटीका सदस्य तथा पूर्व सल्यान जिल्ला इन्चार्ज समेत हुन्।

तपाईको प्रतिक्रिया