हुम्लाको चंखेलीमा वेवारिसे तीन नाल भरुवा बन्दुक फेला

सुर्खेत। हुम्लाको चंखेलीमा तीन नाल वेवारिसे भरुवा बन्दुक फेला परेको छ। चंखेली गाँउपालिका-४ सरीसल्ला र मेलछामबाट गस्तीमा खटिएको प्रहरी टोली बन्दुक फेला पारेको हो।

गस्तीबाट फर्किने क्रममा चंखेलीकै ४ नम्बर वडामा पर्ने झोलुङगे पुलको छेउमा लुकाई छिपाई राखेको १ नाल लोड गरेको र २ नाल खाली गरी जम्मा ३ नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया