छाउपडी प्रथा सम्बन्धि उब्जिएका प्रश्न

अझै पनि कर्णाली प्रदेश छाउपडी प्रथाले रुमलिएको छ। जहाँका महिला दिदीबहिनीहरु छुई (महिनावारी) भएपछि घर भन्दा बाहिर गोठमा बस्ने गर्दछन्। २०५६ सालमा मेरो जन्म भयो। म विस्तारै हुकिँदै गएँ। जब मेरो उमेर बढ्दै गयो। शरीरमा शारीरिक परिर्वतन आउँन थाल्यो र २०७१ सालमा मेरो महिनावारी शुरू भयो। मध्यश्चिम र सूदुरपश्चिम भेगमा निकै नै छाउपडी प्रथा मान्ने गरिन्छ। जसमा मेरो दैलेख जिल्ला नपर्ने कुरै भएन्।

छाउपडी प्रथा हाम्रो समाजका दिदीबहिनीहरुले भोग्दै आएका छन्। म महिनावारी हुँदा भने घरमा पीडा भोग्नु परेन्। किनकी मेरो बुबा मामु शिक्षीत र बुझ्ने हुनुहुन्थ्यो। तर, त्यहीँ छाउपडीले घर बाहिर गोठमा बस्नुपर्ने समस्या दिदीबहिनीहरुबाट सुन्ने गरेपछि आफु महिनावारी भएको छु भनेर भन्नै छोडिँदिए।

मैले यस्ता विषयलाई गहन रूपमा लिन्थेन्। अनावश्यक कुरा सुन्न फुर्सद पनि थिएन्। हाम्रो समाजमा यस्तो अवस्थासम्म छ की महिनावारी भएको बेला भैंसीलाई छुनेगरेपछि दुध खान दिएनन् महिनावारी भएकोबेला दुग्ध जन्य पदार्थ कुनै पनि खानु हुँदैन्। यदी खाएमा वा भैंसीलाई छोएपछि भैंसी बिग्रीने, भैंसीले दुध दिन नै छोड्छ भन्ने मान्यता थियो। तर, दुग्धजन्य पदार्थ महिनावारी भएको समयमा उपभोग गर्न जरुरी छ। यी र यस्तै अनावश्यक कुराले त हाम्रो समाज पछाडी परेको छ। आखिर यो छाउपडी प्रथा कहिलेसम्मरु यिनै विषयमा केहीँ प्रश्नहरु उब्जिएका छन्।

एउटा किशोरी मान्छेको योनीबाट जब रक्तश्राव हुन्छ। अर्थात किशोरी महिनावारी हुन्छिन्। तब मात्रै छोरीमान्छे परिपक्क महिला र आमा बन्न योग्य हुन्छिन्। र त नयाँ पुस्ताको जन्म हुन्छ। साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा शुरू हुन्छ। कसैमा ८ वर्षदेखि नै महिनावारीको लक्षण देखिने गर्दछ। जुन साधारण मान्निछ। महिनावारीको अन्तरको लगभग २८ दिन हुनेगर्दछ। महिनावारी १५ वर्ष देखि ५५ वर्षको उमेरभित्रमा सकिन्छ। महिनावारी भनेको शारीरिक परिर्वतन हो।

यो महिलाहरुको शरीरिमा भएका हर्मोन्सको मात्रामा आउँने परिर्वतनका कारणले हुने गर्दछ। महिनावारी एउटा प्राकृतिक सरसफाइ प्रक्रिया हो। र महिनावारी हुनु भनेको किशोरी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो। महिला महिनावारी भईन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनी मार्गहुँदै रगतका रुपमा शरीर बाट बाहिर निस्कन्छ। जुन रगतको रंग गाढा रातो हुन्छ। र कहिले काहीँ ढिक्का जस्तो भएर जमेको रगतको रुपमा पनि बाहिर निस्कन्छ।

त्यसलाई हामीले यो प्राकृतिक कुरा हो। यदि महिला महिनावारीनै भएन भने नयाँ पुस्ताको जन्म हुन्छ त? महिनावारीलाई फोहोरी कुरा हो भन्नु हुन्छ। यसले गर्दा समाजमा विभिन्न खालका असरहरु पार्दछ। मन्दिर जान हुँदैन् भन्ने जस्ता अन्धविश्वासका कुराहरु गर्नुहुन्छ। भने त्यहीँ महिनावारी हुने पाठेघरबाट जन्म लिने सबै मानव जाती पनि त इमपोर (फोहोरी) होलानी हैन्? यो हाम्रो मानसिक सोच जुन छ। त्यसलाई हटाउँन एकदमै जरुरी छ।

महिनावारीलाई हाम्रो समाजले अस्विकार गर्छ भने मेरो एउटा सन्देश मठमन्दिर भनेको चोखो, सफा, सुन्दर रहने ठाउँ हो। जब एक महिला महिनावारी हुन्छिन् उनले सरसफाइमा ध्यान मा दिईन् सरसफाईको बारेमा कम ज्ञान भएको महिला छिन् भने हाम्रो पुस्ताले यो कुरालाई महिनावारी भएको समयमा मठमन्दिर जान रोक लगाएको हो । तर हामी २१औँ शदाब्तिमा छौं। अहिलेको महिलाहरु धेरै कुरामा अब्बल पनि भईसकेँ। सबै कुरा बुझ्नेछन् सरसफाई पनि महिनावारीको समयमा अझ धेरै ध्यान दिनुपर्छ भन्नेकुराको ज्ञान भईसकेको समयमा पनि हाम्रो समाजले किन अस्विकार गरिरहेको छ?

यदी तपाईं एउटा समाज परिर्वतन र रुपान्तरणका लागि अघि बढी राख्नुभएको व्यक्ति हुनुहुन्छ भने तपाईं आफैबाट सुरुआत गर्नुहोस्। समाजमा पुरुष भन्दा धेरै महिलालेनै महिलालाई रोकावट गर्ने गरिन्छ। तपाईंको हजुरआमा, आमा दिदीबहिनीले मन्दिर जानु हुँदैन्? भान्सा कोठा जानु हुँदैन् भन्नु हुन्छ। तपाईंको हजुरबुबा, बुबाले भन्ने गरेको थोरै मात्रामा सुन्ने गरिन्छ। त्यसैले हामी आफैबाट सुरुआत गरौं महिनावारीलाई महिलालेनै हेप्ने गरेका छौं। त्यसैले चाहीँ समाज परिर्वतन गर्न छ भने आज देखिनै अन्धविश्वासलाई आफ्नो दिमागबाट हटाउँन जरुरी छ।

महिनावारी भएको बेला महिलाहरुलाई भैंसीको गोठ र अन्य गाईबस्तु बस्ने गोठमा राख्नाले पनि कति दिदीबहिनीहरुले ज्यान गुमाएका छन्। यो कुरा हाम्रो समाजले कहिले देख्ने? कहिले सुन्ने? हाम्रो समाजमा भईरहेको यस्ता घटनााहरु हामी शिक्षीत महिलाबाट नै अन्त्यको सुरुआत ग¥यौं भने पक्कै पनि धेरै महिला दिदीबहिनीहरुले सम्मान व्यवहार गरेको महसुस गर्थेहोला।

हामीले छाउपडीलाई अन्त्य गर्न महिलाहरुले सुरुआत गर्यौं भने अझै सहज हुन्छ। यसलाई हामीले अन्धविश्वासको रुपमा अन्त्य गर्न जरुरी छ। तीनै तहका स्थानीय, प्रदेश र संघ सरकारले नै यो प्रथालाई अन्त्य गर्नका लागि विषेश जोड् दिएर नीति तथा कार्याक्रम बनाउन पनि आवश्यक देखिन्छ।

लेखक शाही अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा अनेरास्ववियु उपत्यका विशेष सिटिईभिटी सह–इन्चार्ज हुन्।

तपाईको प्रतिक्रिया