मिलेमतोमा भुक्तानी : वन कार्यालय मुगुका ६ जना विरुद्ध मुद्दा

सुर्खेत। डिभिजन वन कार्यालय, मुगुका तत्कालीन अधिकृतसहित ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ। उनिहरु ६ जनाले ६ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ हिमामिना गरेको आरोपमा आयोगले आइतबार मुद्दा दायर गरेको हो।

तत्कालीन अधिकृत डिजिजनतल भरतबहादुर बुढथापा, सव–इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै आयोगले विषेश अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवत्ता श्यामप्रसाद भण्डारीले बता ।

मुगुको छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँमा आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट संचालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेतले सम्बन्धित कार्यालयसँग गरेको सम्झौता अनुसार काम नगरी मिलेमतोमा भुक्तानी गरी रकम हिनामिना गरेको गरेको आरोप लगोको छ।

कार्यालयका प्रमुख बुढथापा, सव–इन्जिनियर गोरसिंह बडुवाल, असिष्टेण्ट सव–इन्जिनियर हिमालकुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धमेन्द्र शाही र कोषध्यक्ष कुशुमदेवी शाही विरुद्ध मुद्दा दायर गरिएको हो।

यस्ताे छ, आराेपपत्र

तपाईको प्रतिक्रिया