देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज सोमबार प्रदेश १ र बागमती प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। अहिले बिहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेकको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया