त्रिवेणी र कपुरकोटमा सञ्जाल गठन

सल्यान । त्रिवेणी र कपुरकोट गाउँपालिकामा सामुदायीक संस्थाहरुको सञ्जाल गठन गरिएको छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सञ्जाल गठन गरिएको हो ।


दुवै गाउँपालिकामा सञ्जाल गठनसँगै सामुदायीक संस्थाका सदस्यहरुलाई अभिमुखिकरण समेत गरिएको कपुरकोट गाउँपालिकाका सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले जानकारी दिए ।

कपुरकोटमा आयोजित कार्यक्रमबाट चन्द्र्रमणी खड्का अध्यक्ष रहेको १३ सदस्यीय समाज जनजागरण केन्द्र्र गठन गरिएको उनले जनाए । सञ्जालको उपाध्यक्षमा कमला बाँठा, कोषाध्यक्षमा दिलमाया घर्ती, सचिवमा अमरबहादुर महतारा, सहसचिवमा हिरासिंह विक र अन्य सदस्यहरु छन् । कपुरकोट गाउँपालिकाका ६ वटै वडामा रहेका मुल समितिबाट सञ्जालमा सहभागिता छ ।

जेष्ठ सदस्य चेतुलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले सञ्जाललाई सक्रियताका साथ लैजानुपर्ने बताए । स्थानीय स्तरमा रहेका वास्तविक समस्याको पहिचान र समस्या समाधानका लागि सञ्जालको महत्वपूर्ण भुमिका हुने भन्दै सञ्जाललाई गाउँपालिकाबाट आवश्यक सहयोग रहने उनले बताए ।

सामाजिक शशक्तिकरण अभिवृद्धि गर्न, साझेदारी बृद्धि गर्न, स्थानीय मुद्दाहरुलाई व्यापक बनाउन, परमपरागत ज्ञान, सीप, अनुभव र संस्कृतीको जगेर्ना गर्ने लगाएतका उद्देशयले सञ्जाल निर्माण गरिएको सामुदायीक सहजकर्ता गौतमले बताए ।

त्रिवेणी गाउँपालिकामा पनि प्रेम कुमारी वस्नेत अध्यक्ष रहेको १३ सदस्यीय समाज नजजागरण केन्द्रको समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा मिना डाँगी, कोषाध्यक्षमा मेघराज डाँगी, सचिवमा पुजा भण्डारी, सहसचिवमा पवित्रा राना र अन्य सदस्यहरु रहेको त्रिवेणी गाउँपालिकाका सामुदायीक सहजकर्ता हिमा बुढाथोकी रामजाले जानकारि दिइन् ।

सुशासन प्रवद्र्धन र समग्र पालिकाको विकासका लागि सञ्जालले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउँदै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले समृद्धि हाँसिल गर्नका लागि पालिकाले नागरिक समाज, युवा वर्ग लगाएत सबैसंग सहकार्य गर्दै अघी बढ्ने बताए ।

स्थानिय तहमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुमा रहेका कर्तव्यपालकहरुलाई पारदिर्शी र जवाफदेहि बनाउदै सुशासनलाई अभिवृद्धि गर्नका लागि सल्यानमा सुशासनमा नागरिक सहभागिता कार्यक्रम सञ्चालन भइरहेको छ ।

युरोपियन युनीयनको आर्थिक सहयोग तथा सहकर्मी समाज सुर्खेत, दलित विकास समाज सल्यान, दलित महिला केन्द्र काठमाण्डौँ, आइएम स्वीडिस् डेभ्लपमेन्ट पार्टनर र तेर दे जोमको सहकार्यमा सुशासनमा नागरिक सहभागिता कार्यक्रम सञ्चालनमा छ ।

तपाईको प्रतिक्रिया