कालीकोटको पलाताका सुब्बा बमको नाममा २ लाख ३४ हजार बढी विगो

सुर्खेत। कालीकोटको पलाता गाउँपालिकाका नायव सुब्बा राजबहादुर बम विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरिएको छ।

सुब्बा बमले साविक जिल्ला विकास समतिको कार्यालयमा खरिदारहुँदा जि.वि.स.को कार्यालयका लागि खरिद गरिएका सिलाई मेसिन खरिदमा नक्की बिल बनाएर दुई लाख ३४ हजार ११ रुपैयाँ २५ पैसा भ्रष्टाचार गरेको भन्दै अदालतमा आरोप–पत्र दायर गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मंगबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो। आयोगकाअनुसार साविकको जिल्ला विकास समितिको कार्यालय, आर्थिक वर्ष २०७०/०७१ मा सञ्चालन भएका उपेक्षित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामीना भएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरेको थियो।

उक्त उजुरीका आधारमा बम साविकको जिविस कार्यालय कालीकोटकाे खरिदारहुँदा कार्यालयकाे उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तरगतको लक्षित कार्याक्रममा सिलाई मेशिन खरिद र उक्त सामानको ढुवानी गरेको खर्च देखाई पेश्की फछ्यौट गर्दै झुट्टा बिल बनाएका थिए। उक्त कार्याक्रमका बम फोकल पर्सन समेत रहेका थिए।

उनलाई आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ दफा ८ को उपदफा १ को खण्ड (ङ) बमोजिम कसूर दुई लाख ३४ हजार ११ रुपैयाँ २५ पैसा विगो दाबी र सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम नै कैद सजाय र विगोबमोजिम जरिवाना हुन एंव सोही दफा बमोजिम नक्कली बिलको भुक्तानी लिएको विगोसमेत बमबाट असुल्न माग दाबी गरेको छ।

साथै आयोगले बमलाई आयोगको ऐन. २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३६ बमोजिम मंगलबार विशेष अदालतमा आरोप–पत्र दायरसमेत गरिएको छ।

यस्ताे छ, आरोप–पत्र 

 

तपाईको प्रतिक्रिया