अल्लो–भाँगो प्रशोधनको भवन निर्माणमा भ्रष्टाचार : तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत। अल्लो-भाँगो प्रशोधन केन्द्र, मान्म–८ ताडी कालीकोटको भवन निर्माण उपभोक्ता समितिका अध्यक्षसहित तीन जना नन्दप्रसाद पाण्डे, सचिव र कोषाध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

साविकको जिल्ला विकास समिति कालीकोटले मान्म–८ ताडीमा अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा रकम हिनामीना गरेको भन्दै समितिका अध्यक्षसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मंगलबार विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७०/०७१ मा उक्त भवन निर्माण कार्यमा अध्यक्ष नन्दप्रसाद पाण्डे, सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना (पाण्डे)ले दुई लाख ५१ हजार पाँच सय २९ रुपैयाँको झुट्टा बिल बनाए रकम हिनामीना गरेको अख्तियारको ठहर गरेको छ।

उनिहरुको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद सजाय र विगो दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया