आईएमई लाइफ इन्स्योरेन्सद्वारा गुर्भाकोटमा स्वास्थ्य शिविर

सुर्खेत। आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सुर्खेतको गुर्भाकोटमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ। मंगलबारबाट गुर्भाकोट गुमिमा सन्चालन गरिएको स्वास्थ शिबिरबाट दुई सय जना महिलाहरूको विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ जाँच जाँच गराई लाभान्वित भएका छन्।

सामाजिक उत्तरदायी सेवा अन्तर्गत हरेक वर्ष यस्ता शिविरहरु सन्चालन गर्दैँ आएको छ। स्त्री रोग विशेषज्ञ डाक्टरहरुबाट बिहान दश बजेदेखि साझ पाचँ बजेसम्म शिविर सन्चालन गरिएको कम्पनीका क्षेत्रीय शाखा प्रमुक धिरेन्द्रबहादुर शाहीले बताए।

कार्यक्रममा उक्त वडाका अध्यक्ष लगायर्त जनप्रतिनि र स्वास्थयका कर्मचारीहरुको समेत उल्लेखनिय सहयोग रहेको थियो।

२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ। आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको छ।

जीवन बीमाका बारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ इन्स्योरेन्स सञ्चालनमा आएको कम्पनिले जनाएको छ।

तपाईको प्रतिक्रिया