गजल : पसिना बगाउँनु पर्छ अब !

 

परदेशीले सारा विदेश अघाउँनु पर्छ अब !!
देश बनाउँनमा मिली सघाउँनु पर्छ अब !!

अर्काको मुलकमा अमानवीय दुःख भोग्छौ कति !
आफ्नै बारीमा पसिना बगाउँनु पर्छ अब !!

गरिबीले लखेटिएका युवा हामी घर फर्की !
पालो गरिबीलाई टाढा भगाउँनु पर्छ अब !!

गरे के हुँदैन आफ्नै देशमा हुन्छ सबै उठौ !
सुस्ताएका जाँगरहरु जगाउँनु पर्छ अब !!

पिआर पर्मानेन्ट ऋण हो लिन्छौ ? देशले धिकार्ला !
छोड सुन्दर मातृभूमि सजाउँनु पर्छ अब !!

विदेशमा छुट्ने पसिना आफ्नै माटोमा बगाई !
बाँजो खेतमा कुलो पानी लगाउँनु पर्छ अब !!

तपाईको प्रतिक्रिया