वीरेन्द्रनगरकाे घिमिरेडाँडाबाट लागूऔषधसहित तीन जना प्रक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले लागूऔषधसहित तीन जनालाई प्रक्राउ गरेकाे छ । विशेष सूचनाकाे आधारमा प्रहरीले  वीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडाबाट वीरेन्द्रनगर-६ का ३१ वर्षीय भीमबहादुर राेकायसहित तीन जनालाई पक्राउ गरेकाे हाे । प्रकाउ पर्नेमा वीरेन्द्रनगर-९ का १८ वर्षीय मनिषा घिमेर र वीरेन्द्रनगर-६ का २५ वर्षीय जीवनकली थापा घिमिरे रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरीकाअनुसार उनीहरुकाे साथबा६ करिब ३ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएकाे छ । नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीकाे भनाई छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया