अवरुद्ध सडक खुलाउन अहोरत्र खटिन्छन बराहतालका अध्यक्ष भण्डारी

सुर्खेत। बराहताल गाउँपालिका भौगोलिक रुपमा विकट पालिकामा पर्दछ । यहीँ पालिका भएर दुई मुख्य राजमार्ग कर्णाली र मदन भण्डारी राजमार्गले छोएको छ । गिरीघाटदेखि स्याउलेसम्म कर्णाली र वड्डीचौरदेखी खम्वगाडेसम्म मदन भण्डारी राजमार्गले जोडेको छ । कर्णाली राजमार्ग कालोपत्रे छ तर मदन भण्डारी राजमार्गको १२ किलोमिटर सडक कालोपत्रेका लागि प्रदेश सरकारले निर्माण आरम्भ गरेको हो ।

मदन भण्डारी राजमार्गको खण्ड र ग्रामिण सडकहरु कच्चि नै छन् । मुख्यगरी वर्षातमा पहिरोले अवरुद्ध हुने सडकहरुमा सवारी आवागमन बन्द नहोस् भन्ने उदेश्यले सडक सुचारु गर्न बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारी अहरोत्र खटिने गरेका छन् ।

मसिना–भट्टेघारी–चेपाङ्ग सडक, हुर्के–तरंगा, मदन भण्डारी राजमार्ग, चेपाङ्ग–इखेनी जोड्ने लगायतका सडकमा झरेको पहिलो हटाइएको छ । ‘जनप्रतिनिधिले कामै गरेनन् भन्ने नागरिकहरुबाट जहिले गुनासो भइरन्छ,’ अध्यक्ष भण्डारीले भने, ‘जनताले जिताएपछि उनैको सेवामा खटिन रातीको १२ बजेसम्म डोजर लगेर पहिरो हटाउँदै आएका छौं ।’ भण्डारीकाअनुसार पहिरो गएको सडकमा पहिरो हटाउने र हिलाम्मे सडकहरुमा ग्राभेल भर्ने गरिएको छ ।

मसिना–भट्टेघारीसम्म सडक सफा गरिएपनि भट्टेघारी–चेपाङ्ग सडकमा झरेको पहिरो हटाउने क्रममा वर्षातका कारण पहिरो खसिरहने समस्याका कारण केही ठाउँको बाँकी रहेको भण्डारीले जानकारी दिए । ‘वर्षात रोकिएपछि बाँकी खण्डको पहिरो हटाइनेछ,’ भण्डारीले भने, ‘पालिकाको केन्द्रदेखि तथा राष्ट्रिय राजमार्गबाट ग्रामिण क्षेत्रमा जोड्ने सबै सडकमा पहिरो गएमा तत्काल सुचारु गर्न हाइअलर्ट अवस्थामा डोजरसहित तयारी अवस्थामा छौं ।’ मुख्यगरी वर्षातमा बराहतालका नागरिकहरुले पहिरोकै कारण बढी सास्ती खेप्नु पर्ने बाध्यता रहेकाले सहज यात्राका लागि आफू गम्भीर रहेको भण्डारीले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया