सुर्खेतसहित आसपासमा हल्कादेखि मध्यम वर्षा

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतसहित आसपासका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावका कारण सुर्खेतसहित आसपासमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद हिरा भट्टराईले नेपालीरैबारलाई जानकारी दिए ।

उनकाअनुसार गण्डकी र लुम्बिनी प्रदेशमा विहान सक्रिय रहेको वायु कर्णालीहुँदै सुदूरपश्चिमतर्फ प्रवेश गरिरहेको छ । पश्चिम सरिरहेको वायुका कारण कर्णालीका सुर्खेतसहित आसपासका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद भट्टराई बताउँछन् । ‘यो प्रणाली लामो समयसम्म रहँदैन्,’ भट्टराईले भने, ‘सुदूरपश्चिमहुँदै बाहिरिने क्रममा छ । ठूलो वर्षाको जोखिम छैन् ।’

तपाईको प्रतिक्रिया